नियम ३०
एक प्रवेशी, वा वहु प्रवेशी सुविधाको व्यवस्था

(१) यस नियमावली बमोजिम भिसा जारी गर्दा एक प्रवेशी,
χ…. र वहु प्रवेशी सुविधा समेत प्रदान गर्न सकिने छ ।
(२) उपनियम (१) बमोजिम जारी गरिएको सुविधा नियोगबाट भिसा जारी गरेको अवस्थामा भिसाको प्रवेश मान्य अवधिसम्म र कार्यालय वा विभागबाट भिसा जारी गरेको अवस्थामा भिसा मान्य अवधिसम्म मात्र कायम रहनेछ । तर यस्तो सुविधा प्राप्त विदेशीको नेपाल वस्ने कूल अवधि भने अन्य सुविधा लिएको वा म्याद थप गरेको अवस्थामा बाहेक सुविधा जारी गर्दा उल्लेख गरिएको नेपाल वस्ने अवधि भन्दा
बढी हुन सक्ने छैन ।